arrow

महाशिवरात्रि विशेषः पाशुपत क्षेत्र सजावटले चिटिक्क [२६ तस्बिरमा]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १३ मंगलबार
mahashivaratri-decoration-8.jpg

काठमाडौँ । बुधबार परेको महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा सजावट गरिएको छ । फूलमालासँगै गरिएको सजावटले पशुपति क्षेत्र चिटिक्क परेको छ । 

महाशिवरात्रिमा शिवको दर्शन गर्ने महिमा त बेग्लै छ नै पशुपतिमा गरिएको सजावटले आकर्षण थप थपेको छ । साथै भिडियो बनाउनेहरुको जमात निकै नै देख्न सकिन्छ । 

छिमेकी देश भारत र नेपालका विभिन्न स्थानबाट बाबा, साधुसन्तहरु पशुपति क्षेत्रमा आइसकेका छन् । साथै बाहिरी जिल्लाबाट आएका दर्शनार्थीहरुलाई पशुपतिमै वास र खानको व्यवस्था रहेको छ । 

पशुपतिमा अघिल्लो दिन पनि निकै भइरह्यो । 

महाशिवरात्रि पर्व हर्षोल्लासपूर्वक सम्पन्न गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्ष बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा महाशिवरात्रि पर्व व्यवस्था मूल समारोह समिति गठन गरिएको थियो । 

कोषका सदस्य सचिव डा मिलनकुमार थापाले भने, “नौ वटा विषयगत उप–समिति गठन गरिएको छ, उपसमितिबाट जिम्मेवारीअनुसार काम अघि बढाइएको छ, व्यवस्थापकीय पक्षलाई उच्च प्राथमिकता र दर्शनार्थी भक्तजनलाई सहज बनाउनमा सम्पूर्ण ध्यान केन्द्रित गरेका छौँ ।”

नेपाल, भारत, भुटान, बङ्गलादेश, म्यानमारसहितका देशबाट भक्तजन आइरहेका छन् । व्यवस्थित रुपमा पूजाआजा र दर्शनको व्यवस्था गर्न बुधबार बिहान २ बजे पशुपतिनाथ मन्दिरको ढोका खोल्ने निर्णय भएको छ ।

उनले भने, “नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागको टोली सुरक्षाका लागि परिचालन गरिएको छ । पशुपति क्षेत्र विकास कोषको आफ्नो सुरक्षा टोली पनि रहने छ ।” 

त्यसैगरी स्वास्थ्य सेवाको उचित व्यवस्था र समन्वय गरिएको छ । मन्दिर परिसरमा साधुसन्तको व्यवस्थापन गरिएको छ । मन्दिर परिसरस्थित धर्मशालामा बस्ने व्यवस्था गरिएको छ । 

तिलगङ्गासँगै हङ्शमण्डप, वनकाली सहितका क्षेत्रमा निःशुल्क आवास, भोजन आदिको व्यवस्थापन गरिएको कोषले जनाएको छ ।

mahashivaratri-decoration-81-11-13 (1).jpg
mahashivaratri-decoration-81-11-13 (2).jpg
mahashivaratri-decoration-81-11-13 (3).jpg
mahashivaratri-decoration-81-11-13 (4).jpg
mahashivaratri-decoration-81-11-13 (5).jpg
mahashivaratri-decoration-81-11-13 (6).jpg
mahashivaratri-decoration-81-11-13 (7).jpg
mahashivaratri-decoration-81-11-13 (8).jpg
mahashivaratri-decoration-81-11-13 (9).jpg
mahashivaratri-decoration-81-11-13 (10).jpg
mahashivaratri-decoration-81-11-13 (11).jpg
mahashivaratri-decoration-81-11-13 (12).jpg
mahashivaratri-decoration-81-11-13 (13).jpg
mahashivaratri-decoration-81-11-13 (14).jpg
mahashivaratri-decoration-81-11-13 (15).jpg
mahashivaratri-decoration-81-11-13 (16).jpg
mahashivaratri-decoration-81-11-13 (17).jpg
mahashivaratri-decoration-81-11-13 (18).jpg
mahashivaratri-decoration-81-11-13 (19).jpg
mahashivaratri-decoration-81-11-13 (20).jpg
mahashivaratri-decoration-81-11-13 (21).jpg
mahashivaratri-decoration-81-11-13 (22).jpg
mahashivaratri-decoration-81-11-13 (23).jpg
mahashivaratri-decoration-81-11-13 (24).jpg
mahashivaratri-decoration-81-11-13 (25).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ