arrow

नारायणकाजीले गरे विद्रोह, बोल्न नपाएपछि छाडे तराई–मधेस जागरण अभियान 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १३ मंगलबार
narayankaji-06-07.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र अहिले तराई–मधेस जागरण अभियानका क्रममा कोशी प्रदेशको मोरङमा छ । मोरङको कानेपोखरी गाउँपालिकामा आयोजित सभालाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेका छन् । 

माओवादीले अभियानको तेस्रो दिनसम्म पार्टीका पदाधिकारी कोशी प्रदेशमै रहने निर्णय गरेको थियो । जसमा अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष अग्निप्रसाद सापकोटा, महासचिव देवप्रसाद गुरुङ, उपमहासचिव र सचिवहरू सबै जना झापा, मोरङ र सुनसरीमा रहने भनिएको थियो । 

तर वरिष्ठ उपाध्यक्ष श्रेष्ठ अभियान छाडेर हिँडेका छन् । उनी मंगलबार चितवन पुगेका छन् । चितवन पुगेर श्रेष्ठले जनतासँग माओवादी तराई–मधेस जागरण अभियान उद्घाटनका क्रममा आफूलाई बोल्नका लागि अवरोध सिर्जना गर्न खोजिएको बताएका छन् । 

उनले अध्यक्ष प्रचण्डको आग्रहमा आफूले उद्घाटन समारोहमा बोल्न शुरु गर्दा मनोवैज्ञानिक रूपमा अवरोध गर्ने स्थिति उत्पन्न भएकाले मन्तव्यलाई अघि नबढाएको बताए । 

झापाको कचनकवलमा आयोजित उद्घाटन कार्यक्रममा भएको घटनालाई सामान्य रूपमा लिन आग्रह गर्दै उनले प्रचण्डको नेतृत्वमा पार्टी पुनर्गठन र एकताबद्ध ढङ्गले अघि बढाउन प्रतिबद्ध रहेको बताए । 

उनले जनतासँग माओवादी तराई–मधेस जागरण अभियानलाई उक्त घटनाले कुनै असर नपर्ने स्पष्ट पारे । श्रेष्ठले पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुकहरूको भावनालाई सकारात्मक रूपमा लिँदै सार्वजनिक रूपमा नै क्षमायाचना गर्न चाहेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ