arrow

लोकतान्त्रिक अपाङ्ग संघ गण्डकीमा निर्विरोध

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १२ सोमबार
apanga-loktantrik-gandaki.jpg

पोखरा । राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ गण्डकी प्रदेशमा निर्विरोध कार्यसमिति चयन भएको छ । आइतबार पोखराको सिल्भर प्लेट पार्टी प्यालेसमा सम्पन्न निर्वाचनमा प्रदेश कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । 

शंकरप्रसाद पराजुलीको अध्यक्षतामा कार्यसमिति चयन भएको हो । नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माको प्रमुख आतिथ्य र पार्टीका पदाधिकारीहरु, पार्टीका तर्फबाट प्रदेश सरकारमा सहभागी मन्त्री लगायत विभिन्न अतिथिहरुबीच उद्घाटन भएको उक्त निर्वाचनमा उपाध्यक्षमा ताराप्रसाद तिवारी र महामन्त्रीमा युवराज पराजुली निर्विरोध भए । 

खुला महिला सहस्यद्वयमा अनेमिका घर्तीमगर र कृष्णमाया सापकोटा, खुला चार सदस्यमा रुपेश माझी, विष्णुहरी पराजुली, मिठुकुमारी श्रेष्ठ र ताराकुमारी पोख्रेल विजयी भए । 

जिल्लागत सदस्यहरुमा कास्कीमा आशा गुरुङ, पर्वतमा गणेश सुवेदी, लमजुङमा रमा गोले, तनहुँमा माधव गिरी, स्याङ्जामा हिराबहादुर गुरुङ, म्याग्दीमा करिष्मा पाइजा गर्बुजा, नवलपुरमा लक्ष्मीदेवी विक, गोरखामा हरि अधिकारी र मुस्ताङमा दिनेश थकाली निर्वाचित भएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ