नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धीमा छुट्टै ऐनको व्यवस्था गर्छौँ- मन्त्री खड्का [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन ८ बिहिबार
542
Shares
काठमाडौँ । ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले सरकारले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धीमा छुट्टै ऐनको व्यवस्था गर्ने बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार स्वच्छ ऊर्जा रूपान्तरण सम्बन्धी लक्ष्य हासिल गर्न गम्भीर रहेको बताए । उनले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक हालै राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधि सभामा पेस भएको जानकारी दिए ।
नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक हालै राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधि सभामा पेस भएको र विधेयकलाई छिटै प्रतिनिधि सभाबाट पारित गराइ ऐनको रूप दिने कार्य आफ्नो उच्च प्राथमिकतामा रहेको बताए । विधेयकले नवीकरणीय ऊर्जा, ऊर्जा दक्षता र ऊर्जा रूपान्तरणको क्षेत्रमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रलाई नयाँ सङ्गठनमा रूपान्तरण गर्न र नयाँ सन्दर्भमा यसको भूमिका सुनिश्चित गर्न ठोस कानूनी आधार स्थापना गर्न थप मद्दत गर्ने विश्वास व्यक्त गरे ।
मन्त्री खड्काले सरकारले आफ्ना नीति, रणनीति, योजना र लक्ष्यहरूमार्फत नवीकरणीय ऊर्जाको बिस्तार तथा ऊर्जा दक्षताको अवलम्बनलाई विशेष प्राथमिकता दिएको उल्लेख गरे । हालै मात्र स्वीकृत भएको ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना, २०८१ मा नेपालले अगाडि सारेका स्वच्छ ऊर्जा र जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिबद्धता र राष्ट्रिय लक्ष्यमा नवीकरणीय ऊर्जा दक्ष र स्वच्छ ऊर्जा रूपान्तरणलाई उच्च प्राथमिकता दिएको मन्त्री खड्काको दाबी छ ।
मन्त्री खड्काले भने, ‘नेपाल सरकारले स्वच्छ ऊर्जा रूपान्तरण सम्बन्धी लक्ष्य हासिल गर्न आगामी दिनमा समेत निरन्तर सहयोगको अपेक्षा गर्दछ । सरकारले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धीमा छुट्टै ऐनको व्यवस्था गर्ने कार्य सदैव प्राथमिकतामा राखेको छ । नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक हालै राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधि सभामा पेस भएको छ । यस विधेयकलाई छिटै प्रतिनिधि सभाबाट पारित गराइ ऐनको रूप दिने कार्य मेरो उच्च प्राथमिकतामा रहेको छ । यस विधेयकले नवीकरणीय ऊर्जा, ऊर्जा दक्षता र ऊर्जा रूपान्तरणको क्षेत्रमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रलाई नयाँ सङ्गठनमा रूपान्तरण गर्न र नयाँ सन्दर्भमा यसको भूमिका सुनिश्चित गर्न ठोस कानूनी आधार स्थापना गर्न थप मद्दत गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।’
मन्त्री खड्काले सन् २०३५ सम्म जडित क्षमता २८ हजार ५ सय मेगावाट र प्रतिव्यक्ति विद्युत् खपत वार्षिक १ हजार ५ सय युनिट पु¥याउने लक्ष्यसहित स्वीकृति मार्गचित्रमा राष्ट्रिय ग्रिड नपुगेका स्थानहरूमा अफ ग्रिड सौर्य, वायु तथा लघु जलविद्युतमार्फत आगामी दुई वर्षभित्र शतप्रतिशत घरधुरीमा विद्युत् पु¥याउने लक्ष्य मार्गचित्रले लिएको बताए । उनले सन् २०४५ सम्म खुद शून्य उत्सर्जन सम्बन्धी दीर्घकालीन लक्ष्य दोस्रो राष्ट्रिय निर्धारित योगदान १६ औँ योजना लगायतका राष्ट्रिय लक्ष्य एवं अन्तर्राष्ट्रिय प्रतिविद्धतासँग सम्बन्धित रहेको बताए ।