arrow

घरटहरा भत्काइएकोमा विरोध, बन्दको हल्लाले विद्यालय ठप्प

logo
प्रकाशित २०७३ पुष २० बुधबार
kathmandu-valley.jpeg
काठमाडौँ ।  नेकपा क्रान्तिकारी माओवादीको भ्रातृ सङ्गठन नेवाः राष्ट्रिय मुक्ति मोर्चाले नापनक्सा भएका घरटहरालाई बिनाक्षतिपूर्ति भत्काइएको भन्दै विरोध जनाएको छ । 
उक्त मोर्चाका अध्यक्ष पवनमान श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उपत्यका विकास प्राधिकरणले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नियम मिचेर रैथाने जनताको उठिबास लगाउने गरी भएको सडक विस्तार तत्काल रोक्न राज्यसँग माग राखेको छ ।
 
आदिवासी जनजातिको मानव अधिकार हनन हुने गरी कुनै पनि कदम नचाल्न राज्यसँग उक्त मोर्चाले जोडदार रूपमा आग्रह गरेको छ ।
 
यसैबीच, बुधबार उपत्यका बन्दको हल्लासंगै अधिकांश विद्यालयहरु बन्द गरिएका छन् । सडकमा निजी गाडीहरु उल्लेख्यमात्रामा गुडे पनि सार्वजनिक यातायातका साधनहरु विगतका तुलनामा निकै कम गुडेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ