देउवाले प्रयागराज सम्मेलनमा भाग लिने, महाकुम्भमा डुबकी लगाउने
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन ७ बुधबार
2.5k
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारत जाने भएका छन् । इण्डिया फाउण्डेसनले प्रयागराजमा आयोजना गर्न लागेको ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेइनबेलिटी’ मा सहभागी हुन देउवा देउवा भारत जान लागेका हुन् ।
कुम्भ ग्लोबल समिट प्रयागराजमा शुक्रबार र शनिबार हुने छ । देउवा बिहीबार नै त्यसतर्फ जाने बुढानीलकण्ठ स्रोतले बतायो । देउवा वक्ता रहेको सम्मेलनमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसमेत सहभागी हुँदैछन् ।
सम्मेलनमा सहभागी भएपछि देउवा महाकुम्भ मेलामा सहभागी भई गंगा स्नान गर्ने बुझिएको छ । १४ फागुनमा कुम्भ मेला सकिँदैछ ।
कांग्रेस महामन्त्री गगनकुमार थापा तथा केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, डा प्रकाशशरण महत, शंकर भण्डारी, अजयबाबु शिवाकोटी, विनोद चौधरीलगायत दर्जनौँ कांग्रेस नेताले कुम्भ मेलामा डुबकी लगाइसकेका छन् ।