arrow

अर्थमन्त्री पौडेल र मेयर आचार्यको उच्च निगरानीमा उपचार, ५ देखि ६ प्रतिशत जलन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन ३ शनिबार
bishnu-poudel-burn-.jpg

काठमाडौँ । आगोको ज्वालाले बेलुन फुट्दा घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरका प्रमुख धनराज आचार्यको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ  ।

अर्थमन्त्री पौडेलका प्रेस सल्लाहकार भुवन केसीकाअनुसार उनलाई दिउँसो ३ बजेतिर अस्पताल ल्याइएको थियो । मन्त्री पौडेलको हत्केला र अनुहार जलेको छ । यद्यपि अवस्था भने जोखिममुक्त रहेको छ । 

पोखरा भ्रमण वर्ष, २०२५ को उद्घाटनका क्रममा रिमोर्टबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा आगोको ज्वालाले बेलुनमा टिपेपछि बेलुन पड्किएको थियो । बेलुनमा आगो टिपेपछि उनीहरुको शरीरमा आगो सल्किएको थियो ।

दुवै जनालाई पोखरामा प्राथमिक उपचारपछि कीर्तिपुरस्थित बर्न अस्पतालमा ल्याइएको हो । वर्न अस्पतालका निर्देशक डा किरण नकर्मीले दुवैजना अस्पतालमा भर्ना भएको र अहिले उपचार चलिरहेको बताए । 

अस्पतालले प्रारम्भिक मूल्यांकनअनुसार ५ देखि ६ प्रतिशत शरीर जलेको जनाएको हो । 

प्राडा बीडी झा, डा प्रविण गिरी लगायतको सघन उपचार कक्षको टोली उपचारमा संलग्न छ । 

त्यस्तै प्राडा शंकरमान राई, डा विशाल कार्की, डा मनिष यादवको जलन विशेषज्ञहरुको टोली रहेको छ । 

डा प्रयुस अर्याल लगायतको आकस्मिक उपचार टोली तथा रिना गौचन, निर्मला कुँवर, तृष्णा महर्जन लगायतको नर्सिङ टोली रहेको छ । 

अस्पताल निर्देशक किरण किशोर नकर्मीका अनुसार ५–६ प्रतिशत जलेको तर अनुहारमा जलन भएकाले स्वासनली र फोक्सोमा असर पर्न सक्ने सम्भावना रहेकाले उच्च निगरानीमा उपचार गर्नुपर्ने भएको छ । 

यसरी भएको थियो घटना–


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ