arrow

घाइते अर्थमन्त्री पौडेल र महानगर प्रमुख आचार्यलाई कीर्तिपुर बर्न अस्पतालमा लगियो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन ३ शनिबार
bishnu-poudel-dhanraj.jpg

काठमाडौँ । पोखरा भ्रमण वर्ष, २०२५ उद्घाटनका क्रममा आगाको ज्वालाले बेलुन फुट्दा घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगर प्रमुख धनराज आचार्यलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ । 

रिमोर्टबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा आगोको ज्वालाले बेलुनमा टिपेपछि ठूलो आवाजसहित बेलुन पड्किएको थियो । बेलुन पड्किएपछि महानगरप्रमुख आचार्यको गालामा आगोको झिल्काले छोएको थियो । उनको गालाको छाला डढेको छ भने कपाल पनि डढेको छ । 

उपप्रधान तथा अर्थमन्त्री पौडेलको कोटमा आगोको छिर्का लागेको थियो । तुलनात्मक रुपमा पौडेललाई कम असर परेको छ । 

शुरुआतमा महानगरप्रमुख आचार्यलाई उपचारका लागि फिस्टेल हस्पिटल लगिएको थियो भने उपपप्रधान तथा अर्थमन्त्री पौडेलको पनि उपचारका लागि गण्डकी मेडिकल कलेज शिक्षण अस्पताल लगिएको थियो । 

तर दुवै जनालाई काठमाडौँको कीर्तिपुरस्थित बर्न अस्पतालमा लगिएको हो । 

सिम्रिक एयरलाइन्सको हेलिकप्टरमार्फत दुवै जनालाई काठमाडौँ ल्याइएको थियो । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ