arrow

भ्रमण वर्ष उद्घाटनका क्रममा बेलुन फुटेर आगो लाग्दा अर्थमन्त्री र पोखराका मेयर घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन ३ शनिबार
bishnu-poudel-dhanraj-achar.jpg

पोखरा । पोखरा भ्रमण वर्ष २०२५ उद्घाटनका क्रममा शनिबार बेलुन फुटेर आगो लाग्दा दुई जना घाइते भएका छन् ।

घाइते हुनेमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य छन्।

रिमोटबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा आगोको ज्वालामा परेपछि ठूलो आवाजसहित बेलुन पड्किएको थियो।

आगोको हुर्को झ्याप्पै अनुहार तिर आएपछि मन्त्री पौडेल मञ्चतिर र मेयर आचार्य मञ्चको तलतिर हामफालेका थिए ।

अर्थमन्त्रीको तुलनामा मेयरको गालाको भाग बढी डढेको प्रत्यक्षदर्शीले बताए । उनीहरू दुवैजनालाई उपचारका लागि फिस्टेल अस्पताल लगिएको छ।

आन्तरिक तथा बाह्य गरी २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ भ्रमण वर्ष घोषणा गरिएको हो।

पोखरा-९ नयाँबजारमा रहेको प्रदर्शनी केन्द्रमा कार्यक्रम भइरहेकाे छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ