arrow

सर्लाहीका दर्जनौँ एमाले कार्यकर्ता कांग्रेसमा प्रवेश [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन ३ शनिबार
congress-sarlahi-81-11-2.jpg

सर्लाही । सर्लाहीका एमाले नेताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । गोडैता नगरपालिका वडा नं ४ का एमालेका तर्फबाट वडाध्यक्षमा चुनाव लडेका राजेश ठाकुरको नेतृत्वमा अमरेन्द्र पासवान, कृष्णमोहन झा, रामप्रकाश राउत, विजय झा, राजा राउत, विहारी हजारीलगायत दर्जनौँ एमाले कार्यकर्ताहरु कांग्रेसमा प्रवेश गरेका हुन् । 

त्यस्तै उमेश महतो, रामविश्वास हजारी, अवधेशप्रसाद सिंह, भिखर हजारी, इन्दू पाण्डेय, विरेन्द हजारी, निनिस हजारी, श्याम पाण्डेय, अरविन्द पाण्डेय, जितेन्द्र महतो, समरिका देवी पनि पार्टी प्रवेश गरेका छन् । 

त्यस्तै अवधा महरा, नागेन्द्र ठाकुर, मुकेश पासवान, अमर ठाकुर, मन्जर देवी, प्रेमलाल हजारी, दिनबन्धु झा, टेकन हजारी, जोगी पासवान, मुकेश ठाकुर, जगदीश हजारी, सतिश पाण्डेय, शंकर महरा, विजय साह, रामजिनिस हजारी, हरिकिसन साह पनि कांग्रेस प्रवेश गरेका छन् । 

साथै महेन्द्र साह, रामबाबु महतो, लखनहजारी, सुखाडी ठाकुर, हरिनदन पटेल, अशोक पटेल र सोनफी पासवान लगायतका व्यक्तिहरु कांग्रेसमा प्रवेश गरेका हुन् । 

नवप्रवेशीहरुलाई नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्रप्रसाद सिंह र नेपाली कांग्रेस मधेस प्रदेश कार्यसमितिका उपसभापति एवं पूर्व मन्त्री विरेन्द्रप्रसाद सिंहले अबिर र माला लगाइ सदस्यतासमेत प्रदान गरे । 

कार्यक्रममा जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशलकिशोर सिंह, कांग्रेस पूर्व प्रदेश सभा सचेतक उपेन्द्रप्रसाद कुशवाहा, कांग्रेस निर्वाचन क्षेत्र नम्बर ५ का सभापति रामाश्रय साह लगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । 

कार्यक्रम कांग्रेसका पुराना कार्यकर्ता बज्रकिशोर झाको सभापतित्वमा सम्पन्न भएको थियो । 
 

sarlahi-congres-prabiesh-81-11-2 (1).jpg
sarlahi-congres-prabiesh-81-11-2 (2).jpg
sarlahi-congres-prabiesh-81-11-2 (3).jpg
sarlahi-congres-prabiesh-81-11-2 (4).jpg
sarlahi-congres-prabiesh-81-11-2 (5).jpg
sarlahi-congres-prabiesh-81-11-2 (6).jpg
sarlahi-congres-prabiesh-81-11-2 (7).jpg
sarlahi-congres-prabiesh-81-11-2 (8).jpg
sarlahi-congres-prabiesh-81-11-2 (9).jpg
sarlahi-congres-prabiesh-81-11-2 (10).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ