arrow

शक्तिशाली राष्ट्रहरूले पृथ्वीको सन्तुलन बिगारे - मन्त्री पाण्डे [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १ बिहिबार
badri-pandey-11-01.jpg

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले शक्तिशाली राष्ट्रहरूले प्रकृतिको दोहन गरेर पृथ्वीको सन्तुलन बिगारेको आरोप लगाएका छन् । बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले प्रकृतिको दोहन गरेर शक्ति राष्ट्रहरूले पृथ्वीको सन्तुलन बिगारेको आरोप लगाएका हुन् । 

उनले प्रकृतिको दोहनका कारण पञ्चतत्व पृथ्वी, जल, तेज, वायु र आकाशको सन्तुलन बिग्रिएको बताए । कर्णाली नदीलाई एउटा महत्त्वपूर्ण सम्भावना बोकेको नदीको रूपमा अगाडि सार्न सकिने पनि बताए । मन्त्री पाण्डेले कर्णाली नदीको शाखा नदीहरूबाट मात्रै सात हजार मेगावाट विद्युत् उत्पादन गर्न सकिने भएकाले कर्णाली नदीले महत्त्वपूर्ण सम्भावना बोकेको बताए । अहिले नदीको अतिक्रमण गर्नु हुँदैन भन्ने छलफल शुरु भएको भन्दै उनले यसलाई गम्भीरताका साथ अगाडि लैजानुपर्ने बताए । 

उनले भने, ‘कर्णाली नदीलाई एउटा महत्त्वपूर्ण सम्भावना बोकेको नदीको रूपमा यसलाई अगाडि सार्न सकिन्छ, यसका शाखा नदीहरूबाट मात्रै विद्युत् उत्पादन पनि सात हजार मेगावाटभन्दा बढी उत्पादन सम्भव छ भने मूल नदीलाई हामीले किन अतिक्रमण गर्ने, दोहन वा खण्डित गर्ने भन्ने एउटा छलफल शुरु भएको छ । यो छलफललाई हामीले गम्भीरताका साथ अगाडि लिएर जानुपर्छ भन्ने लाग्छ मलाई, अहिले संसार भरी नै चलेको बहस भनेकै त्यही हो । शक्तिशाली राष्ट्रहरूले प्रकृतिको विभिन्न किसिमले दोहन गरेर त्यसबाट पृथ्वीको सन्तुलन नै पृथ्वीको जल, तेज, वायु, आकाशको जुन पञ्चतत्वको सन्तुलन छ त्यो सन्तुलनमै समस्याहरू खडा भएको छ ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ