काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले दुई जनालाई नियुक्त गरेका छन् । उनले प्रशिक्षणतर्फ र अनुसन्धानतर्फ एक एक निर्देशक नियुक्त गरेका हुन् ।
नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३६ तथा नेपाली कांग्रेसको नियमावली, २०७६ को परिच्छेद १२, नियम ३३ बमोजिम गठित केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशक (प्रशिक्षण तर्फ) को पदमा कास्कीका डा कृष्णप्रसाद पौडेल र निर्देशक (अनुसन्धान तर्फ) को पदमा चितवनका डा सञ्जय महतो थारूलाई नेपाली कांग्रेसको विधान, २०१७ ९संशोधन सहित० को धारा ३६ (घ) बमोजिम नियुक्त गरेका हुन् ।