arrow

तीन संसदीय समितिको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २९ मंगलबार
Parliamentary_Committee.jpg.jpeg

काठमाडौँ । आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्ने बैठकमा नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ मा दफावार छलफल हुँदैछ । 

त्यस्तै दिउँसो १ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्याहरूको समाधानको सम्बन्धमा प्राप्त सुझावहरूमाथि  छलफल हुनेछ । 

त्यस्तै बिहान ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक सिमेन्ट लगायतका निर्माण सामग्री एवं खाद्य वस्तुको  मूल्यवृद्धि सम्बन्धमा छलफल हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ