पाथीभरामा केबलकार बनाउने कुरा शान्तिपूर्ण संवादबाट टुङ्ग्याउनुपर्छ -प्रकाशशरण महत [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २५ शुक्रबार
527
Shares
काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा.प्रकाशशरण महतले ताप्लेजुङको पाथीभरा मन्दिर पुग्नका लागि केबलकार बनाउने विषयमा भएको विवाद शान्तिपूर्ण संवादबाट टुङ्ग्याउनुपर्ने बताएका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्।
उनले ताप्लेजुङ वासीको परम्परा र संस्कृतिको संरक्षण हुने गरी केबलकार बनाउनुपर्ने बताए । उनले पाथीभरामा केबलकार निर्माण गर्न सके त्यहाँको आर्थिक गतिविधि चलायमान हुने विश्वास व्यक्त गर्नुभयो । उनले केबलकार बनाउन सके पर्यटकको सङ्ख्यामा वृद्धि हुने भएको कारण त्यहाँको स्थानीय उत्पादनले स्थान पाउने र रोजगारीको अवसर समेत सिर्जना हुने बताए । उनले केबलकार निर्माणको विषयमा भइरहेको विवाद मिलाउन सरकार लागिपरेको समेत बताए ।
उनले भने, ‘पाथीभराको जुन अत्यन्तै पवित्र तीर्थस्थल छ, त्यहाँका आदिवासी, जनजाति, किराँत सबैको पवित्र स्थल हो । समग्र सनातन धर्मावलम्वीहरुको तीर्थस्थल हो । त्यहाँ अत्यन्तै सुन्दर धार्मिक पर्यटकीय धार्मिक स्थल छ । त्यसमा बढीभन्दा बढी पर्यटक पुग्न सकुन् र सबैले माताको आशीर्वाद लिन सकुन् भन्ने हामी सबैको अपेक्षा छ । त्यसले ताप्लेजुङको आर्थिक अवस्थालाई पनि सुधार्न मद्दत गर्छ भन्ने हाम्रो भनाई हो । त्यसकारण त्यहाँको इतिहास, संस्कृति र सभ्यता र त्यहाँका नामकरणको विषय समेत ठिक छ । केबलकारले ५० आँै गुणा पर्यटकको सङ्ख्या बढाउँछ । सङ्ख्या बढ्ने बित्तिकै त्यहाँको आर्थिक गतिविधि चलायमान हुन्छ । हजारौँ लजहरू खुल्छन् । त्यहाँको उत्पादनले ठाउँ पाउँछ । रोजगारी र व्यापक रूपमा प्रदान गर्न सकिन्छ । त्यहाँको सबै परम्परा र संस्कृतिको सम्मान र संरक्षण गरेर केबलकार बन्यो भने राम्रो हुन्छ । त्यसको लागि सरकार लागि रहेको छ । सबै कुराहरू शान्तिपूर्ण संवादको माध्यमबाट टुङ्ग्याउनुपर्छ । उनहरुका जायज गुनासाहरूलाई सरकारले पनि सम्बोधन गर्नुपर्छ ।’
ताप्लेजुङको पाथीभरा मन्दिर जाने केबलकार बनाउने विषयमा पक्ष र विपक्षबीच विवाद हुँदै आइरहेको छ ।