प्रकाशशरण उल्टो बाटोमाः भन्छन् - विशेष महाधिवेशन पार्टी र मुलुकको हितमा छैन [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २९ मंगलबार
827
Shares
काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आफूहरूले पार्टी एकतावद्ध भएर जाओस् भन्ने चाहेको बताएका छन् ।
मंगलबार केन्द्रीय समिति बैठक अघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले संस्थापन पक्षले पार्टीलाई एकतावद्ध बनाउन निकै लचकताका साथ संवाद गरिरहेको उल्लेख गर्दै पार्टी नेतृत्वको कारण पार्टी विभाजित नहुने स्पष्ट पारे ।
उल्टो बाटो हिँड्न रुचाउने महतले काठमाडौँमा जारी दोस्रो महाधिवेशन पार्टी र मुलुकको हितमा नरहेको टिप्पणीसमेत गरे ।
उनले भने, ‘हामी पार्टी एकतावद्ध भएर जाओस् भन्ने चाहन्छौँ । कुरा पनि भइरहेको छ । र हाम्रो कारणले, पार्टी नेतृत्वको कारणले पार्टी फुट्दैन । पार्टी विभाजन हुँदैन । त्यो पार्टीको हितमा छैन, नेपाली जनताको हितमा छैन र नेपालको हितमा छैन । त्यसकारण हामी एकदमै लचकताका साथ संवाद गरेर पार्टीलाई एकजुट बनाउन कोशिस गरिरहेका छौँ । उहाँहरूले पनि त्यही लचकताका साथ आउनुपर्यो।’
उनले पार्टी एकतालाई जोगाइराख्न विशेष महाधिवेशन पक्षधरलाई लचकता अपनाउन अपिलसमेत गरे ।