arrow

कांग्रेस अहिले जटिल र चुनौतीपूर्ण अवस्थामा पुगेको छ : डा. महत

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १२ बिहिबार
mahat-07-14.jpg

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टी अहिले जटिल र चुनौतीपूर्ण अवस्थामा रहेको बताएका छन् । बिहीबार एक भिडियोमार्फत नेता डा. महतले नेपाली कांग्रेस चुनौतीपूर्ण अवस्थामा रहेकाले राजनीतिक चुनौतीलाई मध्य नजर गरेर समग्र पार्टीपङ्ति एकीकृत हुन आग्रहसमेत गरेका हुन् ।

उनले भने, ‘अहिले नेपाली कांग्रेस पार्टी जटिल र चुनौतीपूर्ण अवस्थामा छ । कांग्रेसले ३८ सिट मात्र ल्याएको छ । यो अहिलेसम्मकै अत्यन्तै न्यून सङ्ख्या हो । राजनीति चुनौतीलाई मध्य नजर गरेर समग्र पार्टीपंङ्ती एकीकृत हुन जरुरी छ ।’

जबसम्म पार्टीमा मानसिक र भौतिक रूपमा एकीकृत सकिदैन तबसम्म पार्टी बलियो हुन नसक्ने उनको भनाइ थियो ।

उनले नयाँ नेतृत्व नभई आम निर्वाचनमा जान सकिँदैन भन्ने कुरालाई जबरजस्ती पार्टीको एक पक्षका साथीहरू अगाडि सारेकासमेत आरोप लगाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ