arrow

सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्रमा गम्भीर संकट आयो: नारायणकाजी श्रेष्ठ

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ७ बिहिबार
narayankaji-shrestha-sss.jpg

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले सरकारको कार्यशैलीका कारण मुलुकको राष्ट्रिय स्वाधीनता, संविधान र लोकतान्त्रिक व्यवस्थामाथि गम्भीर संकट उत्पन्न भएको आरोप लगाएका छन्।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलालको ४८ औँ स्मृति दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार जनादेशको पालना नगरी उल्टो बाटोमा हिँडेको भन्दै चर्को आलोचना गरेका हुन्। संविधान निर्माणमा भूमिका खेलेका प्रमुख राजनीतिक दलहरूले संविधानको रक्षा र लोकतन्त्रको सुदृढीकरणप्रति गम्भीर जिम्मेवारी निर्वाह गर्नुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा नेता श्रेष्ठले प्रधानमन्त्री बालेन्द्र साहले संसदमा नेपालले पनि भारतको भूमि मिचेको भनी दिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाए। उक्त अभिव्यक्ति झूट, गैरजिम्मेवार, आपत्तिजनक र राष्ट्रघाती रहेको टिप्पणी गर्दै उनले त्यसरी अभिव्यक्ति दिँदा पनि प्रधानमन्त्रीले हालसम्म आत्मालोचना नगरेको र सत्तारुढ दलकै नेताहरूले त्यसलाई समर्थन गर्नु झनै चिन्ताको विषय भएको बताए। यस किसिमका गतिविधिले समाजलाई विभाजित गर्दै राज्यलाई फाँसीवादउन्मुख दिशातर्फ र राष्ट्रघाततर्फ लैजान खोजिएको उनको दाबी थियो।

संविधान संशोधनका नाममा लोकतान्त्रिक व्यवस्था र संविधानका मूल्यमान्यता नै सिध्याउनेगरी सरकार अघि बढिरहेको आरोप लगाउँदै नेता श्रेष्ठले राष्ट्रिय स्वाधीनता र व्यवस्थाको रक्षाका लागि सबै देशरक्षक तथा वामपन्थी शक्तिहरू एकताबद्ध हुनपर्नेमा जोड दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ