arrow

आगोले जलेर एक महिलाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २३ बुधबार
Syangja_district_map.png

स्याङ्जा । स्याङ्जामा आगोले जलेर एक महिलाको ज्यान गएको छ ।

मृत्यु हुनेमा गल्याङ नगरपालिका वडा नं १ तुलसीभञ्ज्याङकी ७१ वर्षीया चित्रकला अर्याल छन् ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार खाना पकाउने क्रममा कपडामा आगो सल्किँदा अर्याल जलेर गम्भीर घाइते भएकी थिइन् ।

उनलाइै उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा पठाइएको थियो भने थप उपचारका लागि मिसन अस्पताल पाल्पामा रिफर गरिएको थियो ।

उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ