arrow

एकीकृत निर्वाचनसम्बन्धी विधेयक तर्जुमा गरी संसद्‌मा यथाशीघ्र पेस गर्न समितिको निर्देशन [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २३ बुधबार
samiti-10-23.jpg

काठमाडौँ ।  एकीकृत निर्वाचनसम्बन्धी विधेयक तर्जुमा गरी संघीय संसद्मा यथाशीघ्र पेस गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । 

बुधबार बसेको राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले एकीकृत निर्वाचनसम्बन्धी विधेयक तर्जुमा गरी संघीय संसद्मा यथाशीघ्र पेस गर्नसरकारलाई निर्देशन दिएको हो । 

बैठकपछि सरकारलाई निर्देशन दिँदै समिति सभापति सोनाम गेल्जेन शेर्पाले समितिले निर्वाचन आयोग नेपालको रिक्त निर्वाचन आयुक्त पदमा यथाशीघ्र नियुक्ति गर्न निर्देशन दिने निर्णय गरेको बताए। 

उनले भने, ‘एकीकृत निर्वाचनसम्बन्धी विधेयक तर्जुमा गरी संघीय संसद्मा यथाशीघ्र पेस गर्न नेपाल सरकारलाई निर्देशन दिने ।  निर्वाचन आयोग नेपालको रिक्त निर्वाचन आयुक्त पदमा यथाशीघ्र नियुक्ति गर्न निर्देशन दिने ।’ 

समितिले आजको बैठकमा नेपालको निर्वाचन प्रणाली सम्बन्धमा निर्वाचन आयोगको धारणासम्बन्धी छलफल गरेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ