arrow

चार संसदीय समितिको बैठक बस्दै, बाँदर नियन्त्रण सम्बन्धमा छलफल हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २३ बुधबार
Parliamentary_Committee.jpg.jpeg

काठमाडौँ । आज एकै पटक ४ वटा संसदीय समितिको बैठक बस्दै छ ।

जसअन्तर्गत बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा २०८१ माघ ११ देखि १६ सम्म समितिले गरेको विभिन्न भन्सार कार्यालयहरूको स्थलगत अनुगमनबाट देखिएका नीतिगत, व्यवहारगत एवं भन्सार प्रशासनसँग अन्तर सम्बन्धित विषयमा अर्थ मन्त्रालय, भन्सार विभाग र अन्य सरकारी निकाय (नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राजस्व अनुसन्धान विभाग र आन्तरिक राजस्व विभाग) सँग  छलफल हुनेछ । 

त्यस्तै मध्यान्ह साढे १२ बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा नेपालमा बाँदरको कहर नियन्त्रण सम्बन्धमा सरोकारवालासँग छलफल हुनेछ । 

त्यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ मा दफावार छलफल हुनेछ । 

त्यस्तै दिउँसो १ बजे नै बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा नेपालको निर्वाचन प्रणाली सम्बन्धमा निर्वाचन आयोगसँग छलफल हुनेछ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ