arrow

‘जनतासँग माओवादी’ अभियान चलाउँदै माओवादी केन्द्र 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २१ सोमबार
maoist-meeting-81-10-21.jpg

काठमाडौँ । नेकपा माओवादी केन्द्रले फागुन १२ गतेबाट ‘जनतासँग माओवादी’ अभियान चलाउने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निजी निवास, खुमलटारमा बसेको पदाधिकारी बैठकले हुलाकी राजमार्ग केन्द्रित अभियान चलाउने भएको हो ।

प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार स्थानीय तहका प्रमुख र उपप्रमुखको भेला फागुन ९ गते काठमाडौँमा गर्ने निर्णय गरिएको छ भने पार्टीले जितेका १ सय २३ स्थानीय तहका प्रमुख र उपप्रमुखको भेला काठमाडौँमा गर्ने निर्णय भएको छ । 

उनका अनुसार फागुन ९ गते सो भेला हुने भएको छ । 

गत पुस २३ गते सम्पन्न केन्द्रीय समिति बैठकले पूर्व–पश्चिमको मध्य पहाडी केन्द्रित अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।

त्यस्तै माओवादी केन्द्रले नेताहरूको जिम्मेवारीसमेत हेरफेर गरेको छ । जसअनुसार प्रदेशमासमेत जिम्मेवारी हेरफेर भएको छ । 

कोशी प्रदेशमा उपमहासचिव हरिबोल गजुरेललाई यथावत् राखिएको छ । मधेस प्रदेशमा उपमहासचिव मातृका यादवलाई जिम्मेवारी दिइएको छ । सचिव लिलामणि पोखरेल मधेस इन्चार्ज भएकामा अब उनलाई सम्पर्क समन्वय प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ । 

बागमती प्रदेशमा सचिव हितमान शाक्यले जिम्मेवारी पाउँदा गण्डकी प्रदेशमा सचिव दीनानाथ शर्मालाई यथावत् राखिएको छ । 

लुम्बिनी प्रदेशमा सचिव चक्रपाणि खनाल, कर्णाली प्रदेशमा स्थायी समिति सदस्य कालीबहादुर मल्ल र सुदूरपश्चिम प्रदेशमा उपमहासचिव गिरिराजमणि पोखरेललाई यथावत् राखिएको छ । 

उपत्यका विशेषमा स्थायी समिति सदस्य जयपुरी घर्ती, प्रवासतर्फ सार्क प्रदेशमा लक्ष्मण पन्त, युरोप, अमेरिका प्रदेशमा राम कार्की र एसिया प्रदेशको इन्चार्जमा ओम शर्मालाई जिम्मेवारी दिइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ