काठमाडौँ । नेपाल तरुण दल केन्द्रीय समितिको बैठक माघ ३० गतेको लागि बोलाइएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी दलका केन्द्रीय सदस्यहरुलाई अनिवार्य उपस्थितिको निर्देशनसहित बैठक आह्वान गरिएको छ ।
मुख्यसचिव ठानप्रसाद पोखरेलले जारी गरेको विज्ञप्तिअनुसार दलको पूर्णकालीन सदस्य वितरण एवं विविध विषयमा छलफल गर्न बैठक डाकिएको हो ।