arrow

साढे चार महिनापछि संसद छिर्दा सांसदहरु उत्साही, रास्वपा केही क्षण बाहिरिएर फर्कियो बैठकमा [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १८ शुक्रबार
parliament-stand-81-10-18.jpg

काठमाडौँ । प्रतिनिधि सभाको हिउँदे अधिवेशन आजेदेखि शुरु भएको छ । सांसदहरु चिटिक्क परेर साढे चार महिनापछि संसदमा पुगेका छन् ।

तर बैठकको शुरुमै विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले विरोध गरी आफूले पहिले बोल्न नपाएपछि पहिलो दिनको बैठक बहिस्कार गरेपछि सभामुख देवराज घिमिरे कार्यसूचीअनुसार अगाडि बढेका थिए । सो अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना विचार राखे । 

बैठक बहिस्कार गर्ने बेलामा अगाडिबाट बाहिरिएको रास्वपा ओलीले बोलिरहँदा बीचमा पछाडिको ढोकाबाट भित्र छिरेको थियो ।

रास्वपा सांसद सोबिता गौतमले पुनः संसदमा गएको बारेमा भनिन्, ‘विरोध स्वरुप हामीले १५ मिनेट सदन बहिस्कार गरेका थियौँ । अब हामी जान्छौँ साथीहरु धन्यवाद ।’

यसअघि अन्य प्रतिपक्षमा रहेका दलहरुले बैठक चल्न दिएसँगै बैठक अगाडि बढेको छ । आफूले पहिले बोल्न नपाएपछि रास्वपाले संसद बैठक नै बहिस्कार गरेर बाहिरिएको थियो । यसअघि रास्वपाका सांसदहरु उभिएर संसद बैठकमा अवरोध गरेका थिए् । सभामुख देवराज घिमिरेले दलीय आधारमा बोल्न दिने भनी पटक पटक अनुरोध गरे पनि रास्वपाले पहिले बोल्न पाउनु पर्ने भन्दै अवरोध गरेको थियो । 

सभामुखले आफ्नो पालोमा बोल्न आग्रह गरे पनि रास्वपा सांसदहरुले बैठक अगाडि बढाउन दिएननन् । उनले पटक पटक सभा सञ्चालन गर्न दिन आग्रह गरिरहे । 

पटक पटक अनुरोध गर्दा पनि नमानेपछि १ बजेदेखि शुरु भएको बैठकको १ः२३ बजे आदेश नै दिएका थिए् । उनले भने, ‘माननीयहरु विशेष अनुरोधले नपुगेर आदेश गर्दछु बस्नुस् ।’

केही मिनेटपछि उनले भने, ‘मैले आसन ग्रहणका लागि आदेश दिइसकेको छु । हाम्रो नियमावलीले त्यही कुरा भन्छ । त्यसैले माननीय सदस्यहरु प्रतिनिधि सभा नियमावली २०७९ अनुसार बसेर सभा सञ्चालन गर्नका लागि आदेश गर्दछु ।’

तर रास्वपा सांसदहरु नबसेपछि राष्ट्रपतिको कार्यालयबाट प्राप्त पढेर सुनाउने भन्दै अगाडि बढे । आजको कार्यव्यवस्था परामर्श समितिको बैठकमासमेत कुनै छलफल नभएको विषयमा आएर रास्वपाले विरोध गरेको भन्दै सभामुख देवराज घिमिरेले अगाडि बढेको बताएका हुन् । 

राष्ट्रपतिको पत्र पढ्न थालेसँगै आफूहरुले पहिले बोल्न नपाए बैठक बहिस्कार गर्ने भन्दै रास्वपा १ः४० पछि बाहिरियो । 

parliament-81-10-18-first (1).jpg
parliament-81-10-18-first (2).jpg
parliament-81-10-18-first (3).jpg
parliament-81-10-18-first (4).jpg
parliament-81-10-18-first (5).jpg
parliament-81-10-18-first (6).jpg
parliament-81-10-18-first (7).jpg
parliament-81-10-18-first (8).jpg
parliament-81-10-18-first (9).jpg
parliament-81-10-18-first (10).jpg
parliament-81-10-18-first (11).jpg
parliament-81-10-18-first (12).jpg
parliament-81-10-18-first (13).jpg
parliament-81-10-18-first (14).jpg
parliament-81-10-18-first (15).jpg
parliament-81-10-18-first (16).jpg
parliament-81-10-18-first (17).jpg
parliament-81-10-18-first (18).jpg
parliament-81-10-18-first (19).jpg
parliament-81-10-18-first (20).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ