arrow

मध्यान्ह वृहत अन्तरक्रिया गर्दै समाजवादी मोर्चा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १५ मंगलबार
samajbadi-morcha-81-4-1.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । वाम घटक समाजवादी मोर्चाले आज वृहत् अन्तरक्रिया कार्यक्रम गर्दैछ । नेपाल प्रज्ञा प्रतिष्ठान भवन कमलादीमा मध्यान्ह १२ बजेबाट सो कार्य्रकम शुरू हुनेछ । 

‘वर्तमान राष्ट्रिय राजनैतिक परिस्थिति र समाजवादी मोर्चा नेपालको कार्यभार’ शीर्षकमा सो कार्यक्रम राखिएको हो । समाजवादी मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी रहेका छन् ।

भोलिका लागि तय गरिएको कार्यक्रम एक दिन अगाडि सारेर आज राखिएको हो । गत माघ २ गते बसेको मोर्चाको बैठकले शहीद दिवसको अवसरमा माघ १६ गते काठमाडौँमा अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ