काठमाडौँ। एनएमबि बैङ्क लिमिटेडले रुकुम स्थित आठविसकोटमा आफ्नो नयाँ शाखा विस्तार गरेको छ। माघ १४, २०८१ सालका दिन आठबिसकोट नगरपालिकाका मेयर रवि केसी र एनएमबि बैङ्कका नायब महाप्रबन्धक प्रमोद दाहालले संयुक्त रूपमा बैङ्कको २०२औँ शाखाको उद्घाटन गरेका हुन्। सर्वसाधारणलाई सरल र सहज रूपमा बैङ्किङ सेवा विस्तार गर्ने उद्देश्यका साथ सो स्थानमा नयाँ शाखा विस्तार गरिएको बैङ्कले जनाएको छ।
आठविसकोट शाखा मार्फत स्थानीय, सर्वसाधारण, व्यावसायिक फर्म, कम्पनी तथा सङ्घ संस्थाले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बैङ्कले जनाएको छ।
आठविसकोट शाखा सहित, एनएमबि बैङ्कले हाल देश भरी २०२ शाखाहरू, १८६ एटिएमहरू र १० एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ।