arrow

अमेरिकाले रोक्यो नेपाललाई दिने सहायता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १४ सोमबार
nepal-usa.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । अमेरिकाले नेपाललाई दिने अनुदान सहयोग रोकेको छ । अर्थ मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै तत्काल ९० दिनका लागि यूएसएडमार्फत आउने रकम रोकिएको जनाएको हो । 

अमेरिकाको ऋण बढेको भन्दै तीन महिनाका लागि विश्वभरमै सहयोग रकम रोक्ने निर्णय गरेसँगै त्यसको मारमा नेपाल पनि परेको हो । 

यस्तो छ अर्थ मन्त्रालयको विज्ञप्ति-

प्रेस विज्ञप्ति

USAID र नेपाल सरकारबीच ०५ मे २०२२ मा हस्ताक्षरित Development Objective Agreement (DOAG) मार्फत  नेपाललाई प्राप्त भएको अनुदान सहायता मध्ये बजेट प्रणाली मार्फत सर्वसंचित कोषबाट भुक्तानी हुने प्रकृतिका (On-Budget On-Treasury) चार वटा आयोजनाहरु क्रमशः USAID Health Direct Financing Project, USAID Agricultural  Direct Financing Project, USAID Education Direct Financing Project र USAID Inclusive Policy Direct Financing Project  मा प्राप्त अनुदान सहयोग तत्काल ९० दिनका लागि स्थागित भएको USAID नेपालले पत्रमार्फत जानकारी गराएको छ। यस ९० दिनको अवधिमा स्थगित भएका आयोजना अन्तर्गत USAID श्रोततर्फ कुनै दायित्व श्रृजना गर्ने कार्य नगर्न सम्बन्धित सबै सम्बद्ध निकायहरुलाई जानकारी गराइएको छ।
 
महेश भट्टराई
सहसचिव / प्रवक्ता
मितिः २०८१/१०/१४

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ