कांग्रेसको आयोजनामा स्टार्टअप र साना तथा मझौला सम्मेलन हुँदै [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १२ शनिबार
797
Shares
काठमाडौँ । नेपाली कांग्रेस उद्यमशीलता र साना तथा मझौला व्यवसायी विभागले नेपाल स्टार्ट अप र साना तथा मझौला सम्मेलन गर्ने भएको छ । आउँदो माघ १६ र १७ गते विभागले नेपाल स्टार्ट अप र साना तथा मझौला सम्मेलन गर्ने भएको हो ।
शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै सम्मेलनबारे जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेस उद्यमशीलता र साना तथा मझौला व्यवसायी विभागकी प्रमुख उर्मिला थपलियाले साना तथा मझौला व्यवसायीहरूका लागि यो सम्मेलन परिचयात्मक कार्यक्रम हुने बताइन् ।
उनले युवाहरूलाई उमशीलतामा प्रोत्साहन गर्न सम्मेलन महत्त्वपूर्ण हुने बताउनु भयो । सम्मेलनमा सबैभन्दा युवाहरूलाई बढी जोडिने जनकारी दिनुभयो ।
उनले सम्मेलनले साना तथा मझौला व्यवसायीका लागि नीति निर्माण गर्न सहज हुने विश्वास व्यक्त गरे ।