संसदमा खेल्ने भूमिकाबारे छलफल गर्न कांग्रेसले डाक्यो संसदीय दलको बैठक
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ११ शुक्रबार
2.3k
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक यही माघ १३ गते आइतबार दिउँसो २ बजे बस्ने भएको छ ।
सङ्घीय संसद भवनको ल्होत्से हलमा बस्ने बैठकमा माघ १८ गतेदेखि शुरु हुने संसदको हिउँदे अधिवेशनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ ।