arrow

चेकिङको बहानामा जनता कुट्ने असई भुजेल निलम्बित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ७ सोमबार
asai-bhujel-suspended.jpg

काठमाडौँ । जनता कुट्ने एक प्रहरी निलम्बित भएका छन् । चितवनमा एक युवामाथि निर्घात कुटपिट गर्ने प्रहरी सहायक निरीक्षक (असई) बुद्धिबहादुर घर्ती भुजेल निलम्बनमा परेका हुन् । 

गत पुस १५ गते प्रहरी चेकिङका क्रममा भरतपुर महानगरपालिका–११ स्थित बसेली अस्थायी प्रहरी बिटका प्रमुखसमेत रहेका भुलेजले निर्घात कुटपिट गरेको भिडियो आइतबारदेखि भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले छानबिन समिति बनाएर अनुसन्धान गरेपछि निलम्बन गरेको हो । 

डीएसपी ज्ञानकुमार महतोको नेतृत्वमा गठित छानबिन समितिले सिफारिस गरेका आधारमा असई भुजेललाई निलम्बन गरिएको हो । 

भुजेलको लात्ती प्रहारले ती व्यक्ति ढलेका थिए । उनले फोन गर्न खोज्दा उनलाई अपशब्द बोलेरै प्रहार गरेको बुझिन्छ । 

यो घटनाले प्रहरी संगठनसमेत सचेत भएर छानबिन समिति बनाएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ