arrow

ट्याक्टर दुर्घटनाका घाइतेहरुको चार घण्टापछि हेलिकप्टरबाट उद्धार

logo
जनकबहादुर शाही, 
प्रकाशित २०८१ माघ ६ आइतबार
ghaite-81-10-6.jpg

हुम्ला । हुम्लाको चंखेली गााउँपालिका–१ को बोहरावाडामा आइतबार भएको ट्याक्टर दुर्घटना परी घाइते भएका चार जनामध्ये तीन जनालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत लगिएको छ ।

ट्याक्टर चालकलाई सामान्य चोट लागेकाले उनी अहिले प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

चंखेली गाउँपालिका– ३ को लोतीबाट अनुदानको नुन बोकेर बोहराबाडाबाट रिमीतर्फ जाँदै गरेको लु ४ त ७७२० नम्बरको ट्याक्टर आइतबार बिहान साढे १० बजे बोहोराबाडा गाउँ नजिकै दुर्घटनामा परेको हो । 

दुर्घटनामा परेर सोही गाउँका अन्दाजी ३५ वर्षीय तुल्या बोहेराको मृत्यु भएको छ । चंखेली गाउँपालिका–१ का ४० वर्षीय मानबहादुर बोहरा, सोही वडाकी ४५ वर्षीया धना बोहरा, १० वर्षीय चरी बोहरा र ट्याक्टर चालक मुगुका हिरा सिंह घाइते भएका हुन् ।

ट्याक्टर चालक बाहेक अन्य तीन जना घाइतेलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्वार गरिएको छ । दुर्घटना भएको ४ घण्टापछि घाइतको उद्धार भएको हो । 

घाइतेलाई उपचारका लागि प्रदेशिक अस्पताल सुर्खेतमा लगिएको चंखेली गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीले जानकारी दिए । 

१४ क्विन्टल नुनसहित ५ जना बोकेको ट्याक्टर बोहोराबाडा गाउँ नजिकै दुघटना हुदा सडकबाट ३०-४० मिटर तल तल झरेको अध्यक्ष शाहीले बताए 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ