arrow

कांग्रेसको खेलकुद संघले सभापति कप फुटबल गर्दै, विजेतालाई २६ लाख [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ६ आइतबार
congress-football-81-10-6.jpg

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद सङ्घले सभापति कप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । महाधिवेशन निर्देशन समितिको आयोजनामा हुन लागेको सभापति कप फुटबल प्रतियोगितामा ८ टिम रहने छन् । 

विजेताले २६ लाख पुरस्कार पाउने प्रतियोगिताको उद्घाटन खेल बिहीबार हुनेछ । दिउँसो ३ बजे हुने उद्घाटनमा चर्च ब्वाइज र सङ्कटा क्लब भिड्ने भएका छन् । 

निर्देशन समितिले आइतबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा प्रतियोगिता निर्देशक सञ्जीव मिश्रले खेल तालिका सार्वजनिक गरेका हुन् । 

हरेक दिन एक एक खेल हुने पत्रकार सम्मेलनमा जनकारी गराइयो । प्रतियोगितामा आयोजकको टिम पनि रहेको छ । आयोजक टिमको रूपमा नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ बागमती प्रदेश (बागमती) ले खेल्नेछ । 

त्यस्तै माघ ११ गते मच्छिन्द्र र एपीएफ क्लब, १२ गते पुलिस क्लब र नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ बागमती प्रदेश र माघ १३ गते एनआरटी र फ्रेन्ड्स क्लबबिच खेल हुने आयोजकले जनाएको छ । 

खेल नकआउट हुने छ भने १४ र १५ गते सेमिफाइनलका खेल हुने छन् ।

 १६ गते एक दिन विश्राम राखिएको र त्यसै दिन उपाधि विजेताले पाउने ट्रफी सार्वजनिक गरिने छ ।  फाइनल खेल १७ गते हुने छ । 

प्रतियोगिताको विजेताले २६ लाख पुरस्कार पाउने छ भने उपविजेता टोलीले १३ लाख रुपैयाँ प्राप्त गर्नेछ । 

यसैगरी हरेक खेलमा म्याच फीको रूपमा प्रत्येक टिमले ५० हजार पाउने छन् भने प्लेयर अफ दि म्याचलाई १५ हजार रुपैयाँ प्रदान गरिने छ । 

फाइनलका दिन सर्वोत्कृष्ट खेलाडीलाई ७५ हजार, उत्कृष्ट गोलकिपरलाई ५० हजार, सर्वाधिक गोलकर्तालाई ५० हजार, उत्कृष्ट उदीयमान खेलाडीलाई २५ हजार प्रदान गरिने छ । 

पत्रकार सम्मेलनमा का‌ग्रेस सांसद एवं महाधिवेशन निर्देशन समितिका संयोजक मोहनबहादुर बस्नेतले नेपालमा खेल क्षेत्रको विकासका साथै खेलाडीहरूलाई स्वदेशमा नै अवसर प्रदान गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको जानकारी दिए ।

पछिल्लो समय  नेपालले खेलकुदमा सफलता हासिल गरे पनि खेलाडी टिकाइ राख्ने वातावरण नभएको भन्दै यतातर्फ ध्यान दिन सबैलाई आग्रह गरे । 

प्रतियोगिताको अनुमानित बजेट १ करोड ४० लाख रुपैयाँ रहेको जानकारी गराउँदै आगामी दिनमा नेपालको लोकतान्त्रिक आन्दोलनमा योगदान गरेका व्यक्तित्वहरूको नाममा देशव्यापी प्रतियोगिताहरू आयोजना गर्ने प्रस्ट पारे । 

सभापति कप हरेक २–२ वर्षमा आयोजना हुने जानकारी गराए ।

बिहीबार हुने प्रतियोगिताको उद्घाटन उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह र समापन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्ने छन् ।

congress-football-81-10-6 (1).jpg
congress-football-81-10-6 (2).jpg
congress-football-81-10-6 (3).jpg
congress-football-81-10-6 (4).jpg
congress-football-81-10-6 (5).jpg
congress-football-81-10-6 (6).jpg
congress-football-81-10-6 (7).jpg
congress-football-81-10-6 (8).jpg
congress-football-81-10-6 (9).jpg
congress-football-81-10-6 (10).jpg
congress-football-81-10-6 (11).jpg
congress-football-81-10-6 (12).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ