एनआईसी एसिया बैङ्कको आव २०८०/८१ को वित्तीय विवरण स्वीकृत
एजेन्सी,
प्रकाशित २०८१ माघ ३ बिहिबार
594
Shares
तस्बिर : फाइल
काठमाडौँ। एनआईसी एसिया बैङ्क लिमिटेडको सञ्चालक समितिको ६९४औँ बैठकले आर्थिक वर्ष २०८०/८१ को नाफा-नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू स्वीकृत गरेको छ। २०८१ पौष २९ गते सम्पन्न उक्त बैठकले यी विवरणहरू अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैङ्कसमक्ष पेस गर्ने निर्णय गरेको हो।
बैठकले आर्थिक वर्ष २०८०/८१ मा कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गर्दै, नेपाल राष्ट्र बैङ्कबाट वित्तीय विवरण स्वीकृत भएपछि २७औँ वार्षिक साधारण सभा छिट्टै गर्ने निर्णय पनि गरेको छ।
यो निर्णयसँगै बैङ्कले आर्थिक व्यवस्थापन र पारदर्शिताका लागि अग्रसर रहेको सङ्केत गरेको छ। साधारण सभाको मिति र स्थान चाँडै सार्वजनिक गरिने बैङ्कले जनाएको छ।