arrow

संविधान संशोधन प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनुपर्छ :डा भट्टराई

logo
प्रकाशित २०७३ पुष १५ शुक्रबार
baburam.jpeg
काठमाडौँ। नयाँ शक्ति पार्टी नेपालले असन्तुष्ट पक्षलाई सहमतिमा ल्याएर संविधान संशोधन प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनुपर्ने जनाएको छ । 
 
पार्टी संयोजक बाबुराम भट्टराइले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी आर्थिक विकास र समृद्धिका लागि स्थिर सरकार हुनु अत्यावश्यक रहेको उल्लेख गरेका हुन् ।
 
असहमतिमा रहेका पक्षलाई सहमतिमा ल्याउनुपर्नेमा जोड दिदैं विज्ञप्तिमा भनिएको छ – असहमत र असन्तुष्ट भएर मात्रै हुँदैन, सबै पक्षलाई सम्बोधन गर्ने गरी निकासको बाटो पहिल्याउन आवश्यक छ । 
 
संयोजक भट्टराइले कसैको भ्रममा नपरी नयाँ वैकल्पिक राजनीतिक शक्ति निर्माणतर्फ तीव्र ध्रुविकृत हुनसमेत विज्ञप्तिमार्फत सवैलाई आग्रह गरे। रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ