काठमाडौँ । सरकारले दुई जनालाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गरेको छ । गत पुस २६ गते बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरूङले जानकारी दिएका छन् ।
प्रहरी नायब महानिरीक्षकहरू कुवेर कडायत र रविन्द्र केसीलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गरी क्रमशः नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग र नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभागमा पदस्थापन गर्ने’ निर्णय भएको उनले जानकारी दिए ।