arrow

सिंहदरबारमा प्रचण्ड र नेपालबीच भेटवार्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २६ शुक्रबार
prachanda-madhav-nepal-new.jpg

काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
 
सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा आज अपराह्न भएको भेटमा मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता वेदुराम भुसालले बताए । 

भेटका अवसरमा वरिष्ठ नेता भुसाल र माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन  सहभागी थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ