arrow

विषाक्त खाजा खाँदा एकै परिवारका पाँच अचेत

logo
प्रकाशित २०७३ पुष १४ बिहिबार
poisonous-food.jpeg
तम्घास । विषाक्त खाजा खाँदा गुल्मीमा एकै परिवारका पाँच जना अचेत भएका छन् । विषाक्त खाजा खाँदा मुसिकोट–२ स्थित रामबहादुर परियारका तीन बुहारीसहित दुई छोराछोरी बिरामी परेका हुन् । 
 
बिरामी पर्नेमा बुहारीहरु २३ वर्षीया सावित्रा, १८ वर्षीया पुष्पा, १८ वर्षीया अस्मिता, १५ वर्षीय छोरा बुद्ध र १२ वर्षीया छोरी अस्मिता रहेका छन् । 
 
बिहीबार बिहान स्थानीय पसलबाट किनेर ल्याएको गहुँको पीठोको रोटी बनाएर खाएको र रोटी खाएको एक घन्टापछि सबै जना अचेत बनेका थिए । 
 
उनीहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको अस्पतालका सिनियर अहेव रमेशप्रसाद पन्थीले जानकारी दिए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ