सहकारी चाहिन्छ, सन्देश दिन जरुरी छ - मन्त्री अधिकारी [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २२ सोमबार
485
Shares
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले बजारमा फिँजाइएका भ्रमहरू चिर्न सहकारीहरूले आफूहरू ठिक अवस्थामा रहेको सन्देश दिन जरुरी रहेको बताएका छन् । सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले सहकारीबारे फैलाइएका हल्लाहरू मिथ्या मात्र हो भन्ने आधारमा अघि बढ्न जरुरी रहेको बताए ।
सबै सहकारीहरू एउटै तप्काका हुन् भन्ने भ्रम चिर्न सहकारीहरूले जनताको समस्या समाधान हुने गरी कृषिमा आधारित र जनताको जीवनस्तर उकास्ने काम गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले छिमेकी मुलुकहरूले कृषिमा गरेको कामको अनुसरण गरेर अघि बढ्न जरुरी रहेको बताए ।
उनले भने, ‘हाम्रो भूगोल, माटो र चेतनाअनुसारका योजनाहरू ल्याउनुपर्छ । र छिमेकी मुलुकहरूमा सम्पर्क गर्दाखेरि हामी ती मुलुकहरूले गरेको प्रगति उन्नति र सहकारी क्षेत्रमा गरेका प्रगतिहरूलाई अनुसरण गरेर योजना बनाएर अगाडि बढियो भने मात्रै हामी सफल हुनसक्छौं । अर्कोतिर अहिले सहकारीको विषयमा विभिन्न खाले भ्रमहरू फैलिरहेको छ । हामी आफ्नो ठाउँमा ठिक छौँ भन्ने सन्देश दियौँ भने कसैको भ्रमले केही गर्दैन । साना किसान सहकारी संस्थाको सदस्य म पनि हो । मेरो संस्थाको प्रतिनिधि पनि यहाँ आउनुभएको छ । र अहिले मेरै जिल्लाकोले पुरस्कृत पनि हुनुभएको छ । त्यसकारण हामीले सतहमा दौडेर हुन्न । बुझ्नेले पनि त्यहँ हिसाबले बुझ्नुपर्यो व्यवहारमा ल्याउनेले पनि त्यही हिसाबले व्यवहारमा ल्याउनुपर्यो । अहिले सहकारीहरू सबै एउटै प्रकृतिका हुन्, एउटै खाले हुन्, सहकारी ठिक छैनन्, सहकारी अब चाहिँदैनन् भन्ने एउटा तप्का छ । जनताको समस्या समाधान गर्नको लागि कृषिमा आधारित र जनताको जीवनस्तर उकास्ने भनेको सहकारी हो । किनभने हामीले सहकारीमा बचत जम्मा गरेका उङ्छौँ, त्यही बचत परिचालन गरेका उङ्छौँ । त्यही बचतबाट आफ्नो आर्थिक स्थितिलाई उकास्न मद्दत गर्छ । त्यसैले सहकारी चाहिन्छ । त्यसकारण सहकारीमा फिँजाइएको यो हल्ला मिथ्या हो भन्ने आधारमा जान जरुरी छ ।’