माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित, भोलि बिहान बस्ने
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २० शनिबार
2.5k
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । नेकपा माओवादी केन्द्रको आज बस्ने भनिएको स्थायी कमिटी बैठक अन्तिम समयमा स्थगित भएको छ ।
आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समितिमा पेश गर्ने भनिएको राजनीतिक प्रतिवेदनमाथि छलफल गरेर अन्तिम रूप दिने लगायतका एजेन्डा रहेको थियो ।
भोलिदेखि शुरू हुने केन्द्रीय समिति बैठकमा पेश गर्न लागेको ‘पार्टी रुपान्तरण र पुनर्निर्माणको संकल्प आजको आवश्यकता’ शीर्षकको राजनीतिक प्रतिवेदन टुंग्याउनका लागि आज बैठक बस्न लागेको थियो ।
बैठक दिउँसो २ बजेबाट शुरू हुने भनिए पनि अन्तिम समयमा स्थगित भएपछि सो बैठक भोलि बिहान ८ बजे बस्ने भएको छ ।
स्थानीय तहको उपनिवार्चन परिणामवाट हौसिएको माओवादी केन्द्रले २०८४ सालको निर्वाचन एक्लै लडने घोषणा गरिसकेको छ ।