arrow

पत्रकार कल्याणकारी कोष स्थापना

logo
कविता उपाध्याय,
प्रकाशित २०७३ पुष १४ बिहिबार
Rolpa-hamrakura.jpg.jpeg
लिबाङ (रोल्पा)। नेपाल पत्रकार महासंघ रोल्पाले पत्रकार कल्याणकारी कोषको स्थापना गरेको जनाएको छ । महासंघको स्थापना दिवसका अवसरमा सो कोषको स्थापना गरिएको महासंघका अध्यक्ष महेश न्यौपानेले बिहिबार जानकारी दिए ।
 
महासंघ रोल्पाका अध्यक्ष न्यौपानेले आफ्ना पिता ऋषिराम शर्माको निधन भएपछि पिताको संझनामा महासंघलाई हस्तान्तरण गरेको १५ हजार नगद र महासंघले प्रत्येक वर्ष जिल्लामा सदस्यता नविकरणबाट प्राप्त ५०० मध्ये जिल्लामा बचत हुने १५० संयुक्त रुपमा कृषि विकास बैंकमा जम्मा गरी  आउने ब्याजबाट जिल्लामा निरन्तर पत्रकारिता गरिरहेका तर जोखिममा परेका पत्रकारलाई सो कोषबाट सहयोग गरिने बताइएको छ ।
 
यसरी करिव ३ वर्षको वीचमा महासंघमा सदस्यता नविकरणबाट प्रत्येक ब्यक्ति १२५ का दरले करिव ४० हजार र न्यौपानेले हस्तान्तरण गरेको १५ हजार गरी हाल सम्म ५५ हजार संकलन भइसकेको महासंघले जनाएको छ ।
  
सो कोषमा इच्छुक ब्यक्ति संघसंस्था वा समूहहरुलेपनि रकम थप गरी जम्मा गर्न सकिने बताइएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ