-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । नेपाल प्रहरीका दुई प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस गरिएको छ ।
गृह मन्त्रालय बढुवा समिति सचिवालयले बुधबार राति डीआईजीद्वय कुवेर कडायत र रविन्द्र केसीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।
हालसालै एआईजीद्वय भरतबहादुर बोहरा र किरण बज्राचार्यले अवकाश पाएपछि उक्त रिक्त दरबन्दीमा एआईजी बढुवा गरिएको बढुवा समिति सचिवालयले जनाएको छ ।
कडायत प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत छन् भने केसी अन्वेषण योजना तथा विकास निर्देशनालयमा कार्यरत छन् ।
यो बढुवामा डीआईजी जनक भट्टराई छुटेका छन् । उनी अब डीआईजीबाटै अवकाशमा जाने भएका छन् ।
आफ्ना निकट ब्याचमेट सबैलाई भाग पुर्याउने योजनाअनुसार प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले अहिले एआईजीहरूको बढुवा गरिरहेको आरोप खेपेका छन् ।
कुँवरसँग निकट रहेका कारण कडायतले बढुवा पाएको चर्चा प्रहरी मुख्यालयमा छ । त्यसैगरी केसी गृहमन्त्री रमेश लेखकसँग नजिक भएको बताइन्छ ।
भट्टराई भने शक्तिकेन्द्रको रोजाइमा नपरेका हुन् ।