arrow

कडायत र केसीको एआईजीमा सिफारिस, भट्टराई डीआईजीबाटै सेवा निवृत्त हुने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष १८ बिहिबार
aig-kuber-rabindra.jpg

काठमाडौँ । नेपाल प्रहरीका दुई प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस गरिएको छ ।

गृह मन्त्रालय बढुवा समिति सचिवालयले बुधबार राति डीआईजीद्वय कुवेर कडायत र रविन्द्र केसीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।

हालसालै एआईजीद्वय भरतबहादुर बोहरा र किरण बज्राचार्यले अवकाश पाएपछि उक्त रिक्त दरबन्दीमा एआईजी बढुवा गरिएको बढुवा समिति सचिवालयले जनाएको छ ।

कडायत प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत छन् भने केसी अन्वेषण योजना तथा विकास निर्देशनालयमा कार्यरत छन् ।

यो बढुवामा डीआईजी जनक भट्टराई छुटेका छन् । उनी अब डीआईजीबाटै अवकाशमा जाने भएका छन् । 

आफ्ना निकट ब्याचमेट सबैलाई भाग पुर्‍याउने योजनाअनुसार प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले अहिले एआईजीहरूको बढुवा गरिरहेको आरोप खेपेका छन् । 

कुँवरसँग निकट रहेका कारण कडायतले बढुवा पाएको चर्चा प्रहरी मुख्यालयमा छ । त्यसैगरी केसी गृहमन्त्री रमेश लेखकसँग नजिक भएको बताइन्छ । 

भट्टराई भने शक्तिकेन्द्रको रोजाइमा नपरेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ