arrow

कांग्रेसको उद्योग तथा व्यापार विभागमा सञ्जीव घिमिरेसहित १० सदस्यहरु मनोनित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष १६ मंगलबार
congress-party-office-2081.jpg

काठमाडौँ । नेपाली कांग्रेसको उद्योग तथा व्यापार विभागमा सदस्यहरु मनोनित भएका छन् । सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य चीनकाजी श्रेष्ठ प्रमुख रहेको कांग्रेस उद्योग तथा व्यापार विभागको सदस्यमा विभिन्न १० व्यापारसँग सम्बन्धित व्यक्तिहरु मनोनित भएका हुन् । 

जसमा झापाका संजिब घिमिरेसमेत रहेका छन् । त्यस्तै कञ्चनपुरका खगेश्वर बोहरा, जुम्लाका मानबहादुर भण्डारी, काठाडौँका ध्रुवबहादुर खड्का, काठमाडौँकै राजीव श्रेष्ठ, कपिलवस्तुका जमसेर अलि मियाँ, काभ्रेपलाञ्चोकका सिताराम परियार, सोलुखुम्बूका शम्भुहरि बाँस्तोला, लमजुङकी जुनु गुरुङ तथा रौतहटका इञ्जिनियर विजयकुमार सिंह
रहेका छन् । 

पछिल्लो समय कांग्रेसले विभिन्न विभागमा धमाधम सदस्यहरु मनोनित गर्दै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ