arrow

योलविरुद्ध पक्राउ पुर्जी जारी 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष १६ मंगलबार
yoon-suk-yeol-south-korea-p.jpg

काठमाडौँ । दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । युनले देशमा लगाएको ‘मार्शल ल’का कारण यो पक्राउ पुर्जी जारी गरिएको हो ।

 राजधानी सोको एक अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । पूर्वराष्ट्रपति युनले गत डिसेम्बर ३ मा देशमा मार्शल ल लगाएका थिए । तर चर्को विरोधपछि उनले ६ घण्टाभित्र आफ्नो निर्णय फिर्ता लिएका थिए । 

त्यसपछि उनीविरुद्ध महाभियोग प्रस्ताव ल्याई राष्ट्रपति पदबाट हटाइएको छ । उनीमाथि विद्रोह र देशद्रोहको आरोप लगाइएको छ ।

अनुसन्धानका क्रममा उनलाई पटक पटक बयानका लागि आउन बोलाइएको भए पनि उनले अस्वीकार गर्दै आएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ