समिति र व्यवसायी मिलेर तस्करी गर्न लागिएको काठ उपभोक्ताले लिए नियन्त्रणमा
हाम्रा कुरा
प्रकाशित २०८१ पुष १५ सोमबार
787
Shares
मोरङ । मोरङको बेलबारीमा उपभोक्ता द्वारा काठ नियन्त्रण लिएर सेक्टर वन कार्यालय बेलबारीमा बुझाएको छ । स्थानीय उपभोक्ताले नियन्त्रणमा लिएको १७९ क्युफिट काठसहित ट्याक्टरमा लोड गर्दै गरेको अवस्थामा ट्याक्टर नियन्त्रणमा लिएर सेक्टर वन कार्यालयलाई बुझाएको छ ।
बेलबारी १० मा रहेको सृजना सामुदायिक वन उपभोक्ता समूहबाट कटानका लागि भन्दै बेलबारी नगरपालिका– ८ मा रहेको देवी काष्ट उद्योगमा लगिएको काठ अन्यन्त्र लैजाने तयारी गर्दै गर्दा सेक्टर वन कार्यालयको टोलीले नियन्त्रणमा लिएको हो ।
सामुदायिक वनबाट उपभोक्ताले खरिद गरेको काठ वनमा सूचीकृत भएको बाहेक अन्यन्त्रको काठ मिलमा लैजान मिल्दैन । सोमबार बेलबारीबाट बाहुनी लैजाने तयारी गरेपछि स्थानीयले विरोध गरेका थिए । सोधीखोजी गर्दा बाहिर बिक्री गरेको देखिएपछि सेक्टर वनको टोलीलाई खबर गरेका थिए ।
वनले नियन्त्रणमा लिएको काठका विषयमा अनुसन्धान भइरहेको सेक्टर वन कार्यालय बेलबारीका प्रमुख दिपेश मिश्रले जानकारी दिए ।
उपभोक्ता समितिले शोभा भुर्तेल र लोकबहादुर लिम्बूको नाममा काठ बिक्री गरेको थियो । उपभोक्ता समिति र काठ व्यवसायी मिलेर काठ तस्करी गर्न खोजिएको स्थानीयको दाबी छ ।
वन उपभोक्ता समिति अध्यक्ष देउमान लिम्बुले उपभोक्तालाई बिक्री भएको काठ अन्यन्त्र लैजादै गर्दा वनको टोलीले समातेको बताए । उनका अनुसार उपभोक्ताले वनबाट सस्तोमा काठ पाउने भएका कारण उपभोक्ताले खरिद गरेर बाहिर बिक्री गर्ने सम्भावना रहन्छ । काठ निकासीमा समितिको मिलेमतो नभएको उनको दाबी छ ।