उप–राष्ट्रपतिको छोरा हुँ भन्दै सरकारी कार्यालयबाटै रकम माग्ने पक्राउ
प्रकाशित २०७३ पुष १३ बुधबार
1.1k
Shares
काठमाडौं । उप–राष्ट्रपतिको पिए र छोरा हुँ भन्दै विभिन्न सरकारी तथा गैर–सरकारी कार्यालयहरूमा कार्यक्रम गर्नका लागि रकम चाहियो भनि रकम माग्ने एक पक्राउ परेका छन् । उप–राष्ट्रपतिको छोरा हुँ भन्दै जवरजस्ती रकम माग्ने सिन्धुपाल्चोक, राम्चे ५ का रोशन सुवेदी पक्राउ परेका हुन् । उनी भक्तपुर, कमलविनायक बस्ने गरेको बताइएको छ ।
उनले नाम परिवर्तन गरी कमल भन्ने गरेको प्रहरीको अपराध महाशाखा प्रहरी टोलीले जनाएको छ । गएको मंसिर ५ गते पक्राउ गरी आवश्यक कारबाही गरेको तर, फेरि पनि उप–राष्ट्रपतिको पिए र छोरा हुँ भनि केही सरकारी तथा गैर–सरकारी कार्यालयहरूमा रकम माग गरी फोन गर्ने गरेको सूचना आएपछि पक्राउ गरिएको महाशाखाले जनाएको छ । सुवेदीलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर पठाइएको छ । विवरण
अनुसन्धानबाट खुल्न आएका कुराहरु :-
मो.नं.९८६१६९८८१२२ बाट उप-राष्ट्रपतिको पिए /छोरा हुँ भनि विभिन्न सरकारी तथा गैर-सरकारी कार्यालयहरुमा कार्यक्रमको लागि रकम चाहीयो भनि जवरजस्ती रकम माग गर्ने गरेको ।
विभिन्न संघ संस्थाहरूमा रकम माग गर्ने साथै अन्य विभिन्न क्षेत्रमा उप-राष्ट्रपतिको छोरा हुँ भनि दुरूपयोग गरेको ।
विभिन्न पत्र-पत्रिकाबाट संघ संस्था तथा कार्यालयको नाम संकलन गर्ने गरेको ।
सोही आधारमा नेपाल टेलिकमको १९७ मा फोन गरी सम्बन्धित कार्यालयको फोन नं.संकलन गरी नेकपा माओवादीको कार्यक्रमको लागि १०।१५ हजार रुपैयाँ सहयोग गर्नु भनि फोन गरेको ।
अन्तिम पटक न्यूरोड स्थित ल्याण्डलाईन बाट हुलाक सेवा विभाग, डिल्लिबजारमा फोन गरी १० हजार रुपैयाँ माग गरेको ।
निजले विगतमा रकम माग गरेको संस्था तथा सरकारी कार्यालयका नाम :-