साफ महिला फुटबल : माल्दिभ्सको पोष्टमा नेपालको ९ गोल
दुई खेलमा नेपालको १७ गोल, सावित्राकै ११
प्रकाशित २०७३ पुष १३ बुधबार
1.7k
Shares
काठमाडौं । भारतको सिलिगुढीमा जारी चौथो साफ महिला फुटबल च्याम्पियनसिपमा नेपालले शानदार दोस्रो जित निकालेको छ । कञ्चनजंघा रंगशालामा वुधबार साँझ भएको खेलमा नेपालले माल्दिभ्सको पोष्टमा ९ गोल गर्दैै शानदार जित हासिल गरेको हो । यो जितसँगै नेपाल सेमिफाइनल नजिक पुगेको छ ।
नेपालका लागि सावित्रा भण्डारीले सावित्राले ह्याट्रिक सहित ५ गाेल गरिन् । १२औं, २८अाै, ३९अाैं, ५०अाैं र ६३अाैं मिनेटमा गोल गरेकी हुन् । यस्तै, नेपालका लागि हिरा कुमारी भुजेल, निर्मला विक, सपना लामा र मन्जली कुमारी योञ्जनले पनि गाेल गरे । माल्दिभ्सले एउटा मौका सदुपयोग गर्न सकेन ।
पहिलो खेलमा नेपालले भुटानलाई ८–० ले हराएको थियो । माल्दिभ्सले श्रीलंकालाई ५–२ ले पराजित गरेको थियो । यसपछि समूहको अन्तिम खेलमा नेपालले शुक्रबार श्रीलंकासँग खेल्ने छ ।
सात राष्ट्र सहभागि प्रतियोगिताको अर्को समूहमा भारत, अफ्गानिस्तान र बंगलादेश रहेका छन् । सन् २०१० बाट सुरु भएको साफ महिला च्याम्पियनसिपमा यसअघिका तीन वटै संस्करणको फाइनलमा नेपाल भारतसँग पराजित हुँदै उपविजेतामा सिमित भएको थियो ।
अपडेट
-नेपाल र माल्दिभ्सबीचको खेल समाप्त भएको छ । नेपाल ९–० ले विजयी भएको छ । समूह एमा नेपाल दुई जितका साथ ६ अंकका साथ शीर्षस्थानमा छ । श्रीलंका र माल्दिभ्सको समान ३ अंक छ भने भुटान अंक बिहिन छ ।
–दुई खेलमा नेपालको १७ गोल । जसमध्ये ११ गोल सावित्रा भण्डारीले गरिन् ।
-इन्जुरी समयको तेस्रो मिनेटमा गोल……………… निर्मला विकेको गोल । उनी ८१ औं मिनेटमा पुनमको ठाँउमा मैदान प्रवेश गरेकी थिइन् ।
–निर्धारित ९० मिनेट सकियो । ४ मिनेट थप ।
-माल्दिभ्सकी गोएली अब्दुल घाइते ।
-८५अाैं मिनेटकाे खेल सकियाे ।
-नेपालको खेलाडी परिवर्तन । पुनम जार्घामगरको ठाँउमा निर्मला विके मैदान प्रवेश ।
-अहिले सम्म नेपाल खेलमा ८–० ले अगाडी ।
-माल्दिभ्सकी गोलकिपर घाइते भएकी छिन् ।
-हिराकुमारी भुजेलले झन्डै ३० यार्डबाट हानेको बल सिधै गोलमा परिणत भयाे । नेपाल ८–० ले अघि ।
-गोल……………………… नेपालले अर्को गोल गरेको छ । नेपाल ८–० ले अगाडी । नेपालले पहिलो खेलमा भुटानलाई ८–० ले नै हराएको थियो
-सावित्राले दायाँबाट क्रस गरेको बलमा सपनाले सहजै ट्याप गरेर गोल गरेकी हुन्
-गोल……………………… नेपालका लागि सपना लामाले गोल गरेकी छिन् । सावित्राको पासमा सपनाले गोल गरेकी हुन् । नेपाल ७–० ले अगाडी ।
-सावित्राले पाँचौं गोल अनिताको पासमा गरेकी हुन् ।
-नेपालको खेलाडी परिवर्तन । अनिता बस्नेतको ठाँउमा सपना लामा ।
-सवित्राले पाँचौ गोल गरेकी छन् । नेपाल ६–० ले अगाडी ।
-नेपालको अर्को गोल । नेपाल ५–० ले अगाडी ।
-अनिताले दिएको पासमा मन्जलीले गोल गरेकी हुन् । च्याम्पियनसिपमा मन्जलीको त्यो पहिलो गोल हो ।
-मन्जली कुमारी योञ्जनको गोल । नेपाल ४–० ले अगाडी ।
–दोस्रो हाफ सुरु भएको छ ।
-पहिलो हाफ सकिएको छ । नेपाल ३, माल्दिभ्स ०
–सावित्रा भण्डारीले २ खेलमा ९ गोल गरिसकेकी छन् ।
–पहिलो हाफ सकिँदै । ३ मिनेट थप ।
-सावित्राले लगातार दोस्रो खेलमा ह्याट्रिक पुरा गरेकी छिन्
-गोल………………सावित्रा भण्डारीले अर्को गोल गर्दै ह्याट्रिक पुरा गरेकी छिन् । ३९अाै मिनेटमा ह्याट्रिक ।