arrow

संविधान संशोधन प्रक्रिया अघि बढाऔँ : बाबुराम भट्टराई

logo
प्रकाशित २०७३ पुष १३ बुधबार
baburam-bhattarai.jpg.jpeg

काठमाडौं । नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधनको प्रस्ताव राजनीतिक सहमतिका आधारमा परिमार्जनसहित पारित गर्नुपर्ने बताएका छन् ।

नयाँ शक्ति नेपालले गरेको संविधान संशोधनको गतिरोध र समाधानका विकल्प विषयक गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै भट्टराईले संविधान संशोधनको विकल्प नभएकाले त्यसमा सहमति गरेर अघि जानुपर्ने बताएका हुन् ।

भट्टराईले भने, ‘संविधानको दिगो कार्यान्वयनका लागि संविधान संशोधन र त्यसपछि निर्वाचन आवश्यक छ । संविधान संशोधन र निर्वाचन एक अर्कासँग अभिभाज्य छन् । यी अलग विषय होइनन् ।’ उनले यी दुईवटा विषयलाई अलग गरे परिस्थिति उल्टो दिशामा जाने जिकिर गरे ।

पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले विधेयकलाई सम्भव भएसम्म साझा बनाउन विशेष संवाद थाल्नुपर्नेमा जोड दिए ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रको महत्वपूर्ण कार्यभार ‘राज्य पुनःसंरचना’ भएको बताउँदै भट्टराईले भने, ‘आदिवासी जनजाति, मधेसी–थारु र खस–आर्यको यथोचित स्थान हुनेगरी सङ्घीयता बनाऔँ ।’ संविधान संशोधन र तीनवटै निर्वाचनको घोषणा एकैपटक गर्न सकिने भट्टराईको भनाइ छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ