बढुवा भएका दुई एआईजी र पाँच एसपीले पाए दर्ज्यानी चिह्न
हाम्रा कुरा
प्रकाशित २०८१ पुष ८ सोमबार
991
Shares
काठमाडौँ । बढुवा भएका सात जना प्रहरी अधिकृतले दर्ज्यानी चिह्न पाएका छन् । मन्त्रिपरिषद्को यही पुस ५ गतेको निर्णयअनुसार प्रहरी नायब महानिरीक्षक (डीआईजी)बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा दुई जना र गृहसचिवस्तरको सोही दिनको निर्णयबाट प्राविधिक प्रहरी नायब उपरीक्षक (डीएसपी)बाट प्राविधिक प्रहरी उपरीक्षक (एसपी) पदमा पाँच जना गरी पदोन्नति भएका सात जना बढुवा भएका थिए ।
प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित समारोहमा उनीहरूलाई दर्ज्यानी चिह्न दिएका हुन् ।
दर्ज्यानी पाउनेमा प्रहरी नायब महानिरीक्षक (डीआईजी)बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा पदोन्नति भएका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)द्वय दुर्गा सिंह र भरतबहादुर बोहरा रहेका छन् । साथै
प्राविधिक प्रहरी नायब उपरीक्षक (डीएसपी)बाट प्राविधिक प्रहरी उपरीक्षक (एसपी) पदमा पदोन्नति भएका प्राविधिक प्रहरी उपरीक्षक (एसपी)हरू डा.राम प्रसाद शर्मा, डा.नवीन लागेजु, डा.समृद्धि कार्की, डा.अन्जली तण्डुकार र प्रदिन ताम्राकार छन् ।