arrow

घर र गाेठ जलेर १५ लाखकाे क्षति

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष ५ शुक्रबार
Syangja_district_map.png

स्याङ्जा । स्याङ्जामा बिहीबार साँझ आगलागी हुँदा एक घर पूर्णरुपमा जलेर नष्ट भएको छ ।

भिरकोट नगरपालिका वडा नंर १ भलुवाडाँडास्थित बेलबहादुर श्रेष्ठको ढुङ्गा माटोले बनेको जस्ताको पाताले छाएको दुई तले कच्ची घर र एक कच्ची गोठमा आगलागी भएको हो ।

सो आगलागीबाट करिब १५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

सोक्रममा ५० वर्षीय कोटबहादुर मगर घाइते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी उमेशलाल श्रेष्ठले जानकारी दिए ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ