उपेन्द्र यादव अशोक राई समूहलाई कारबाहीको माग गर्दै निर्वाचन आयोग जाँदै
हाम्रा कुरा
प्रकाशित २०८१ पुष १ सोमबार
2.7k
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । पार्टी विभाजन गर्ने अशोक राईको समूहलाई कारबाही नगरेको भन्दै जनता समाजवादी पार्टी नेपाल आज निर्वाचन आयोग जाँदैछ ।
जसपा नेपाल कारबाहीका लागि सिफारिस गरेका जनप्रतिनिधि तथा नेतालाई कारबाही नगरेपछि सोही गुनासो लिएर अध्यक्ष उपेन्द्र यादवको समूह निर्वाचन आयोगमा जान लागेको हो ।
अशोक राईको नेतृत्वमा अलग भएर जनता समाजवादी पार्टी गठन गरे पनि कतिपय नेता विना सनाखत सो पार्टीमा आबद्ध भएको भन्दै जसपा नेपालले कारबाहीका लागि आयोगलाई सिफारिस गरेको थियो ।
तर हालसम्म कुनै कारबाही नगरेको भन्दै जवाफ माग्न जसपा नेपालका नेता आयोग जान लागेको हो ।